Latest News

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा, चुनावको मुखमै प्रधानमन्त्री देउवाले नै गरे गम्भीर खुलासा

Nepalese Times April 12, 2022 (2 Year ago)    462 Views

काठमाडौं । काठमाडौं । काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

शहरी विकास मन्त्रालयले मंगलबार गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै उनले यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए ।

काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै प्रधानमन्त्री देउवाले फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहकेो बताए ।

अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर रहेको भन्दै त्यो व्यवस्थापन हुन नसकेको उनले बताए । फोहोर व्यवस्थापन गर्न जरुरी रहेको भन्दै उनलेग्यास निकाल्न र बिजुली निकाल्न सकिने बताए ।

फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना रहेको भन्दै उनले विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका बताए ।

उनले भने, ‘अर्को कुरा भूमाफियाहरुले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस