Latest News

स्थानीय चुनावः विप्लव नेतृत्वको नेकपाद्धारा उम्मेदवारी घोषणा

Nepalese Times April 8, 2022 (2 Year ago)    849 Views

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा उम्मेदवारी घोषणा गरेको छ । रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा विप्लव नेतृत्वको नेकपाले उम्मेदवार घोषणा गरेको हो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘ आदर्श’लाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीका एक नेताले बताएका छन् ।

पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको भन्दै ओलीले भने, ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु ।’

आफूले गाउँपालिका अध्यक्ष सजिलै जित्ने भन्दै उनले सबै जनताले साथ दिने कुरामा कुनै शंका नरहेको बताए । तत्कालीन माओवादी जनयुद्धमा लामो योगदान गरेकाले सबै माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई साथ दिने ओलीको विश्वास छ।

यसअघि गंगगादेव गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए। विप्लव नेतृत्वको नेकपाबाट ओलीको नाम सिफारिस भएपछि माओवादी केन्द्रलाई चुनाव जित्न कठिन हुने बताएको छ।

यस्तै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल बनेको छ। घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।

सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।

यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्न्े उल्लेख गरेको छ । यस्तो मान्यता अरु कुनै पनि पार्टीहरुले दिएका छैनन् ।

राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।

नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएको जिकिर गर्दै राप्रपा नेपाल मात्रै आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएकाले भोट दिइनुपर्ने जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस