Latest News

प्रधानमन्त्री देउवा स्वदेश फर्किएलगत्तै भाजपाको पार्टी कार्यलय जानुको रहस्य खुल्यो

Nepalese Times April 3, 2022 (2 Year ago)    857 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला भारतीय जनता पार्टी भाजपाको मुख्यालय पुगेका थिए । उनी भाजपाको मुख्यलय गएको विषयलाई लिएर चर्को आलोचना भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिका नाताले भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा गएको परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिक्रिया दिएका छन् ।

तीन दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा शुक्रबार भाजपा मुख्यलय पुगेका थिए, जसलाई कूटनीतिक मर्यादा विपरीत भनिएको छ ।

आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले भाजपाको कार्यालयमा प्रधानमन्त्रीको नाताले नभई नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी टू पार्टी सम्बन्ध विस्तारका लागि गएको बताए ।

कांग्रेस सभापति भएको नाताले नेपाली कांग्रेसले अरु देशका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा प्रधानमन्त्री देउवा रसीमा समस्या आपसी छलफल र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भनेर भनेर धारणा राखेको मन्त्री खड्काले बताए ।

भ्रमणका क्रममा खुलेर छलफल भएको भन्दै उनले नेपाल भारतको घनिष्ट र मैत्रीपूर्ण नयाँ चाइमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेको आफूहरुले महसुस गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस