Latest News

नायक भुवन केसी राप्रपाबाट उम्मेदवार बन्दै, अध्यक्ष लिङ्देनसँग राखे यस्तो प्रस्ताव

Nepalese Times April 2, 2022 (2 Year ago)    2651 Views

काठमाडौं । केहि दिनदेखि अभिवेता शिव श्रेष्ठ, भवन केसी र मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने खबर प्रकाशित भए ।

उनीहरुलाई पार्टी प्रवेश गराउने प्रक्रियासमेत सुरु भएको र यसबारे छलफल सुरु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नेप्लिज टाइम्सलाई बताए ।

उनीहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको र जतिसक्दो चाँडो उनीहरु पार्टी प्रवेश गराईने उनको भनाइ छ । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको छ ।

पार्टी प्रवेशको तयारी चल्दै गर्दा कलाकार भुवन केसीले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर छलफल गरेका थिए । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रस्ताव समेत राखेको खुलेको छ ।

यस्तै अभिनेत्री मनिषा कोइरालासँग पनि राप्रपा प्रवेश गर्नेबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रवादी शक्तिहरुबीच एकता र सहकार्य गर्नेबारे कुराकानी भएको र त्यही अवधारणाअनुसार मनिषा कोइरालासँग कुराकानी अघि बढेको राप्रपाका अर्का प्रवक्ता ज्ञानेन्द्र शाहीको भनाइ छ ।

यस्तै यस्तै चर्चित अभिनेता निखिल उप्रेती पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । यसअघि हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चामा रहेका उनी केही दिनमै राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ ।

हिन्दू राष्ट्र र एकीकृत नेपालको नारा राप्रपासँग मेल खाने र उदेश्य एउटै भएकोले यो मुद्धामा सहमत हुने सबै एकताबद्ध हुनुपर्ने निर्णयसहित उनी राप्रपा प्रवेशको तयारीमा रहेका हुन् ।

केही महिनाअघि मात्रै पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई अभिनेता निखिल उप्रेतीले घोषणापत्र पढेर सुनाएका थिए । यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको भनिएको थियो ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत रहेका थिए । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउने प्रयास भएको थियो । तर कोइरालासमेत राप्रपामा जाने तयारी भएसँगै अभिनेता उप्रेतीसमेत राप्रपा प्रवेश गर्ने तयारी भएको हो ।

यस्तै अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

उनले भने, ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गर्दै भनेका छन्, ‘यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि बताएका छन् । अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो । अभिनेता उप्रेतीले हरेक नागरिकमा देशभक्त जाग्न जरुरी रहेको पनि बताएका छन् । देशप्रति जति प्रेम बढ्दै गयो त्यति देशको चोटले देशवासीलाई छुने भन्दै उप्रेतीले त्यसले देशमाथि घात गर्नेहरुलाई दुश्मनको रुपमा देख्न पाइने बताएका छन् ।

केही दिनअघि कलाकार एवम् अभिनेतृ करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । त्यसको केही दिनमा नै कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ र मनिष कोइराला राप्रपा प्रवेशको तयारीमा छन् । पार्टी प्रवेशको सूचीमा नायक निखिल उप्रेतीको समेत नाम जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस