Latest News

गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल गर्नुपर्छ, छिट्टै मोडालिटी तय हुन्छ– प्रकाशमान

Nepalese Times March 30, 2022 (2 Year ago)    453 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको ओैचित्य अझै नसकिउकाले स्थानीय आवस्यकताका आधारमा गठबन्धन भित्रका दलहरुबीच तालमेल हुने बताएका छन् ।

कहाँ कसरी तालमेल गर्ने बिषयमा दलहरु बैठक बसेर छिट्टै मोठडालिटी तय हुनेसमेत उनले बताए । कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो कसरी र कस्का कारण कांग्रेस नेतृत्व सरकार निरमाण भयो यी सबै कुरा सबैले ख्याल राख्नु पर्ने उनले बताए ।

के अब गठबन्धनको ओैचित्य सकिएको हो त ? भन्दै उनले वास्तविकताको धरातामा उभिन सबैसँग अपिलसमेत गरे । नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएको कुरा नबिर्सन उनले सबैसँग आग्रहसमेत गरे ।

काठमाडौंको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटमा उनले अब चुनाव नजिक आईसकेकाले कुन पार्टीले के गरिरहेको छ जनताले लेखाजोखा गर्ने बेला आएको बताए ।

कस्ले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नु पर्ने भन्दै उनले क्षणभरका घटनाका क्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिनसमेत आग्र गरे ।

फरक प्रसंगमा बोल्दै उनले परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर कान्तिकारी कुरा गरेर राजनीतिमा आएको पाटीए विवेकशिलको अहिलेको हालत के भयो ? भन्दै प्रश्नसमेत गरे ।

राजनीतिमा नारा र भाषणले मात्रै नचल्ने भन्दै उनले भने, ‘आज ती पार्टीका नेताको गतिविधि कस्तो छ, पार्टी कस्तो छ सबैले देखे सुनेको बताए ।

अब महानगरबासीले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खाल्को मेयर छान्ने कि जन्ताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले गम्भीरताका साथ सोचेर निर्णय लिनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस