Latest News

काठमाडौंको सुन्दरीजलमा तनाव, प्रहरीले प्रहार गरे केही राउण्ड अश्रूग्याँस

Nepalese Times March 30, 2022 (2 Year ago)    556 Views

काठममाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएको छ ।

टिप्परको ठक्करबाट २ जनाको ज्यान गएपछि सुन्दरीजल क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट ज्यान गएको हो ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको थियो ।

घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस