prachanda
प्रचण्ड र केपी ओलीबीच फेरी सुटुक्क कुराकानी, पार्टी एकता गर्न यस्तो कसरत
Nepalese Times
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सुटुक्क छलफल हुन थालेको खुलेको छ । कम्युनिष्ट पार्टी एकीकृत गर्नका लागि दबाब बढ्दै गएपछि यी दुई दलका अध्यक्षबीच छलफल सुरु भएको स्रोतले जनाएको छ । यसअघि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पछि सर्वोच्च अदालतको फैसलाका कारण दुबै पार्टी ब्युँतिएको थियो । छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई एउटै पार्टीमा समाहित गर्नका लागि छिमेकी देश चिनकोसमेत सक्रिय भएको छ । नेपालका लागि चिनियाँ विदेशमन्त्रीले सेमत