Latest News

सिन्धुलीबाट बेपत्ता भएका १६ जनामध्ये २ जना सम्पर्कमा, अरुको पनि खोजी जारी

Nepalese Times July 28, 2025 (1 Day ago)    613 Views

काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुमध्ये २ जना सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीले नेप्लिज टाइम्सलाई दिएको जानकारी अनुसार माईली छोरी सुजता हायु र ज्वाईं सम्पर्कमा आएका हुन् । उनीहरु काठमडौंमा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन् । उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपक्ता भएका हुन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस