कास्की । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ । लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् ।
हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोवाइल फोन गेटमा राखेर पठाउने गरेको कास्की प्रहरीले रवि लामिछाने हिरासतमा भएको फोटो भने आफै लिक गरेको देखिन्छ ।
तस्बिर बाहिरिएसँगै रास्वपाका नेताहरुले हिरासतमा रहेका लामिछाने असुरक्षित रहेको दाबी गरेका छन् । कास्की प्रहरीले रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर कसलाई प्रमाणका रुपमा पठाउने लागेको हो भन्दै रास्वपा नेताहरुले प्रश्न गरेका छन् ।