Latest News

दुर्गा प्रसाईंका समर्थकले आगो लगाउँदा जलेका ट्रक चालकको मृत्यु

Nepalese Times October 7, 2024 (1 Week ago)    179 Views

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका समर्थकले गरेको आगजनीका कारण गम्भीर घाइते भएका ट्रक चालक भारतीय नागरिकको ज्यान गएको छ। प्रसाईंका समर्थकहरुले साइबर अपराधमा पक्राउ परेका प्रसाईं पक्राउको विरोधमा सात असोजमा भारतीय ट्रकलाई चालकसहित आगो लगाएका थिए ।

उनीहरूले पूर्व(पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड– ६ मा चालकसहित ट्रकमा आगो लगाएका थिए। पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रक पूर्ण रूपमा जलेर क्षतिग्रस्त बनेको थियो भने त्यसका चालक भारत इस्लामपुरका ४० वर्षीय पोदो राय गम्भीर घाइते भएका थिए।

घाइते चालकको उपचारको क्रममा आइतबार भारतको दार्जिलिङस्थित बंगाल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगजनीमा संलग्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका ६ जना कार्यकर्तालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा अभियानका झापा सदस्य विवश लिम्बू, बलिहाङ माबो लिम्बू, मेचीनगर इन्चार्ज राजेश महत, कोषाध्यक्ष रुद्र भुजेल, झापा सल्लाहकार वीरबहादुर गुरुङ, झापा सदस्य उदय लिम्बू, भीम तुम्बाहाम्फे र विजय चौधरी छन्।

प्रतिक्रिया दिनुहोस