Latest News

काठमाडौं उपत्यकामा बाढीमा परेर अहिलेसम्म २३ को मृत्यु, कतिको भयो उद्दार ?

Nepalese Times September 28, 2024 (2 Week ago)    275 Views

काठमाडौ‌ं । अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार १२ बजेसम्म २३ जनाको मृत्यु भएको छ । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् ।

प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको छ । बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट प्रभावितलाई उद्धार गर्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको उपत्यका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस