Latest News

जुम्ल्याहा बच्चाको ज्यान गएपछि अस्पतालबाट सीसीटिभी फुटेज नै गायब

Nepalese Times August 27, 2024 (3 Month ago)    259 Views

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालको लापरबाहीले जुम्ल्याहा बच्चाको मृत्युको भएको आरोप लागेको छ । जुम्ल्याहा बच्चाको ज्यान गएको विषय बाहिरिएसँगै अस्पतालले पनि आफूसँग सीसीटिभी फुटेज नरहेको जनाएको छ । गत असार अन्तिम साता चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिल एनएमसीमा उजुरी दर्ता गरेका थिए । सोको छानबिनका लागि काउन्सिलले असार ३० गतेको सीसीटिभी फुटेज माग गर्दा आफूसँग नरहेको अस्पतालले जवाफ फर्काएको हो ।

काउन्सिलका कार्यकारी सदस्य डा.कालु सिंह खत्रीले अनुसन्धानका लागि सीसीटिभी फुटेज माग गर्दा अस्पतालले नरहेको जवाफ दिएको बताए । चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै करुणा अस्पताल माथि दिएको उजुरीका बारेमा निर्णय गर्न एनएमसीको पूर्ण बैंठक पखाईमा छ । काउन्सिलका कार्यकारी सदस्य डा।कालु सिंह खत्रीले पूर्ण बैठक आह्वान गरिएको तर आफूलाई मिति जानकारी नभएको बताए । खत्रीले करुणा अस्पतालमाथि प्रदीप दम्पतीले लगाएको आरोपबारेको उजुरी अनुसन्धान अन्तिम चरणमा रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस