Latest News

रोहित आबद्ध टोरोन्टो नेसनल्सलाई ग्लोबल टी-२० लिगको उपाधि

Nepalese Times August 12, 2024 (2 Month ago)    312 Views

काठमाडौँ । क्यानडाको ग्लोबल टी-२० लिगको उपाधि नेपाली क्रिकेटर कप्तान रोहित पौडेलआबद्ध टोरोन्टो नेसनल्सले हात पारेको छ। ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो नेसनल्सले ग्लोबल टी-२० लिगको उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा थिए।

मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो। टोरोन्टोका लागि आन्द्रेस गोसले ५८ र रासेइ भान डेर डुसेनले ३० रनको योगदान दिए। आन्द्रेसले ४९ बलमा ५८ रन जोडेका थिए।

मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पारेको थियो। मोन्ट्रियलका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रनको योगदान दिए। यस्तै, जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।

टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २ तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले समान १-१ विकेट लिए। फाइनलमा जसन बेहरेन्डोर्फ प्लेर अफल म्याच घोषित भए।

प्रतिक्रिया दिनुहोस