Latest News

ईश्वरी बरालको ‘माया छ कि छैन’ गीत सार्वजनिक (भिडिओसहित)

Nepalese Times June 6, 2024 (1 Year ago)    441 Views

काठमाडौँ- गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ। गीतमा आर्यन सिग्देल,सुजल बम र मोनिका बोहराको नृत्य र अभिनय छ। गीतको म्युजिक भिडियोमा गायिका बरालको पनि अभिनय र नृत्य देख्न सकिन्छ।

शब्द ,संगीत र एरेन्ज विपिन आचार्यको रहेको गीत एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। म्युजिक भिडियोको छायांकन ललितपुर हरिसिद्धिस्थित इँट्टा तथा टायल कारखानामा गरिएको थियो।

गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरीलगायत छन्। गीतकाे निर्देशक मुस्कान ढकालले गरेका हुन भने छायांकन नवराज उप्रेतीले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस