काठमाडौं । भारतको बिहारको नवादा जिल्लास्थित महुली गाउँकी गुड्डी कुमारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे ।
बिहीवार केटीलाई हेर्न केटा गाउँमै पुगे । गाउँलेले केटालाई देखेपछि तत्कालै विवाह गर्न खोजियो । शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गाउँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल कोर्ट’मा विवाह गर्ने निधो भयो । बेहुला–बेहुली दुवै अदालत पुगेका थिए। अदालतमा वकिलले बेहुलालाई कागजमा हस्ताक्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे ।
बेहुला भागेपछि बेहुली पनि पछिपछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो । सबै मिलेर सन्दीपलाई छोपेर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीको रोहबरमा मन्दिरमा दुवैको विवाह गरिएको छ ।
Aisa bhi hota hai….. dulha court marriage se pahle bhaga. High voltage drama on streets of Nawada
Note: Nawada is one of the most backward district of the state. pic.twitter.com/8KOWwSJ4hf
— Anand Singh (@Anand_Journ) August 30, 2022