काठमाडौं ।
बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ। शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व (नवलपुर)मा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन्।
शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको छ।
यी दुवै अदालतले यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन।
गत ११ फागुनमा नावालिकमाथि पटकपटक ज ब रज स्ती क र णी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।
त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पु र्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।
दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमु क्त भएर मुद्दा लडने छन् वा थुनामा नै रहेर उक्त मुद्दा ल डने छन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।