Latest News

रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्यले दिए राजीनामा

Nepalese Times August 23, 2022 (2 Year ago)    312 Views

 

काठमाडौ‌ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । सो पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकी हुन् ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उनको स्थानमा चितवनकी सविना विकलाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

त्यस्तै, पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन्।

नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए। खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।

‘यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ,’ लामिछानेले भनेका छन्, ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन।’

प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बताएका छन्। ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ लामिछानेले भनेका छन।

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य दोहनमा सहभागी हुनुबाहेक केही नहुने उनको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस