Latest News

दाँत हालिदिने सहमतिपछि राधिका अस्पतालबाट डिस्चार्ज

Nepalese Times August 23, 2022 (2 Year ago)    450 Views

काठमाडौं ।

पित्तथैलीको अप्रेसन गर्ने क्रममा तीनवटा दाँत पनि भाँचिएकी नुवाकोटकी राधिका ओझा वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा उनको माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएका थिए ।

शल्यक्रियाको क्रममा दाँत भाँचिएपछि आफन्तले विरोध गर्दा अस्पतालले सामान्य समस्या भन्दै बेवास्ता गर्दै आएको थियो । बिरामीका आफन्त गणेश पौडेलका अनुसार दाँतको उपचारसँगै अन्य केही सेवासमेत निःशुल्क गरिदिने सहमतिपछि बिरामी ओझालाई डिस्चार्ज गरिएको हो ।

‘अस्पतालले एमआरआई, भिडियो एक्सरेलगायतका थप उपचार सेवा निःशुल्क गर्ने भनेको छ । उपचारको क्रममा यस्ता दुर्घटना हुन्छन् भन्नेबारे नै चिकित्सकले रेस्पोन्स नगरेपछि समस्या निम्तिएको हो । दाँत हालिदिने सहमति भएपछि बिरामीलाई आज डिस्चार्ज गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस