Latest News

बालेनले हटाए नगर प्रहरी प्रमुख, एसपी पाण्डेले पाए जिम्मेवारी

Nepalese Times August 21, 2022 (2 Year ago)    433 Views

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुखमा एसपी राजु पाण्डेलाई नियुक्त गरेका छन्।

शाहले महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी)धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन्।

काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेका अनुसार नियमित प्रकृया अनुसार (एसपी)धनपति सापकोटालाई परिवर्तन गरिएको हो।

उनले भने, ‘लामाे समयसम्म उहाँले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे प्रकिया अनुसार नै उहाँलाई हटाइएकाे हाे अन्य कुनै कारण छैन।’ यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएकाे उनले बताए।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको सह-प्रवक्ता महेश काफ्लेले बताए।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु,’ उनले भने ।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

धानुक र बालेनबीच राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल भएको हो । छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी सहभागी थिइन् ।

उनीहरूबीच काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ ।ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका सम्बन्धमा पनि छलफल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस