Latest News

कांग्रेसका नेताहरु स्तब्ध, पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने

Nepalese Times August 20, 2022 (2 Year ago)    529 Views

काठमाडौं ।

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनको ज्यान गएसँगै नेपाली कांग्रेसका नेताहरु स्तब्ध भएका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उहाँको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

बिहान ११ बजे अस्पताल पुग्नुभएका राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेका थिए ।

यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उहाँको उपचारमा संलग्नछ ।

प्रतिक्रिया दिनुहोस