Latest News

धरानका मेयर हर्क साम्पाङले मदिरा पिएको कि ग्रिन टि ? दिए कडा जवाफ

Nepalese Times August 19, 2022 (2 Year ago)    557 Views

काठमाडौं ।

यदिबेला काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन निक्कै चुनौतीपूर्ण बनिरहेको छ । पटक–पटक सहमति हुँदासमेत बन्चरेडाँडाका प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण काठमाडौंको फोहोर उठ्न सकिरहेको छैन ।

चुनावअघि फोहोर व्यवस्थापनका लागि आफूसँग स्पष्ट भिजन भएको बताउने काठमाडौंका मेयर बालेनलाई आफ्नै बोली पुरा गर्न हम्मेहम्मे परिरहेको छ ।

यसै क्रममा केही दिनअघि काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निरन्तर फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनमाथि खनिइरहेका छन् ।

तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ ।

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।

यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरु निर्वाचित भएका हुन् ।

काठमाडौंका मेयर बालेनमाथि घोचपेचसहित स्टाटस लेखिरहेका हर्कमाथि एक टेलिभिजन च्यानलले रिपोर्टसहित फोहोर व्यवस्थापनको प्रश्न उनै हर्कमाथि फर्काइदिएका थिए । त्ययसलगत्तै उनले फेसबुक लाईभमा आएर जवाफ पनि दिए ।

ल्याण्डफिल्ड साईटको फोटो खिचेर आफ्नो खुट्टा तान्ने कोसिस गरेको भनेर उनले उल्टै संचारमाध्यममा सार्वजनिक भएको भिडिओको विरोध गरे र भने, ‘धरानमा कतै फोहोर देख्नुभयो भने म ५ मिनेटभित्र उठाउन लगाउँछु । ल्याण्डफिल्डको भिडिओ खिचेर धरान सहरको फोहोर भन्न पाईदैन ।

भिडिओको अन्त्यमा उनले एक गिलासमा केही पेय पदार्थ राखेर पिइरहेको देखिन्छ । त्यसलाई धेरै सामाजिक संजालकर्ताहरुले मदिरा पिउँदै भिडिओ लाईभमा आएको भनेर आलोचना गरे ।

उनले त्यसको पनि जवाफ फर्काएका छन् । आफूले ग्रीन टी खाएको र त्यसलाई मदिरा भनेर मान्छेहरुले आफूविरुद्ध खनिने काम गरेको हर्कले स्पष्टीकरण दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ग्रीन टी र मदिरामा फरक छुट्याउन नसक्नेहरुले कालो चस्मा लगाएर हेरेका हुन् त ?’

प्रतिक्रिया दिनुहोस