Latest News

दार्चुला दुर्घटनाः यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times August 17, 2022 (2 Year ago)    475 Views

काठमाडौं ।

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

दुर्घटना ९ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका( ६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार से१ज ५५१ नम्बरको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। ज्यान गुमाउनेमा बझाङ बुङल नगरपालिका वडा नम्बर ८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, भान बोहरा र दम्फा देवी बोहरा छन्।

त्यस्तै घाइते हुनेमा मालिकार्जुन गाउँपालिका वडा(३ बस्ने वर्ष ५० कि गोमती धामी, रुपा धामी, सुमन सिंह धामी, रमेश लोहार, वडा ६ का रेवती धामी, बैतडी डिलासैनी गाउँपालिका वडा ३ का प्रदिप राना, बुङगल नगरपालिका ८ का धनबहादुर जागरी तथा महाकाली नगरपालिका वडा ७ का दिलाराम कोली रहेका छन् ।

उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगत मगरले बताए।

प्रतिक्रिया दिनुहोस