Latest News

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए, थप विवरण आउन बाँकी

Nepalese Times August 17, 2022 (2 Year ago)    379 Views

काठमाडौं ।

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना हुँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस