Latest News

प्रदेशसभा निर्वाचनमा सहभागी नहुने रवि लामिछानेको घोषणा

Nepalese Times August 17, 2022 (2 Year ago)    314 Views

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने जानकारी गराएका हुन् ।

मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा आफूहरुको उम्मेदवारी संघीय तहमा मात्रै हुने र समानुपातिक निर्वाचनमा रहने पार्टी संयोजक लामिछानेको भनाइ छ ।

यहि संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही नभएकोसमेत उनले बताएका छन् ।

प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी आफूहरुले निर्वाचन आयोगलाई गराएकोसमेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस