काठमाडौं ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोला निर्वाचित भएका छन् ।
गएराति सम्पन्न टानको निर्वाचनमा बाँस्तोलाको प्यानल नै विजयी भएको छ । बाँस्तोलाले ६१६ मतप्राप्त गरे भने उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत ल्याए ।
वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सक्दो प्रयास गर्ने बताए । निर्वाचनका दौरानमा आफूले प्रस्तुत गरेको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लैजाने उनको भानाइ छ ।