Latest News

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा बिरगंजमा लोसपाद्वारा प्रदर्शन

Nepalese Times August 16, 2022 (2 Year ago)    451 Views

बिरगंज –

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा बिरगंजमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन भएको छ ।

राष्ट्रपतिले चालेको कदम विरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी बिरगंज महानगरका स्थानीय नेता कार्यकर्ताहरुले घन्टाघरमा सोमबार बेलुकी राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

प्रदर्शको क्रममा राष्ट्रपति विद्यादेबि भण्डारी मुर्दावाद , लोसपा जिन्दावादका नारा समेत लगाएका थिए । दुबै सदनबाट पास भएको नागरिकता बिधेयकलाई राष्ट्रपति बिद्या देवी भण्डारीले आइतबार फिर्ता गरेकी हुन् ।

बिरोध कार्यक्रम लोसपाका बिरगंज महानगर अध्यक्ष ललन सिंहको नेतृत्वमा भएको सो कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य शशीकपुर मिया , महिला नेतृ मुन्नी श्रीवास्तव , रुस्तम अलि लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस