Latest News

माओवादी केन्द्रका केन्द्रीय नेता नै एमाले प्रवेश, ओलीले गरे स्वागत

Nepalese Times August 15, 2022 (2 Year ago)    453 Views

काठमाडौं–

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव एमाले प्रवेश गरेका छन्।

उनीसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार विभागले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश समिति सदस्य), सकलदेव रजक (मधेश प्रदेश समिति सदस्य), धनुषा जिल्ला समिति सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय छन्।

उनीहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे पनि एमालेमा प्रवेश गरेका छन्। सोही कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमालेमा प्रवेश गरेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस