Latest News

‘जयनारी’ को लहैलहैमा लाग्दा फस्ने भइन् करिश्मा, निहारिकाले साईबर मुद्दा लगाउँदै

Nepalese Times August 15, 2022 (2 Year ago)    490 Views

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरविरुद्ध साईबर मुद्धा लगाउने तयारी भएको छ ।

महिला अधिकारको क्षेत्रमा रहेकी सावित्री सुवेदी (जयनारी) को लहैलहैमा लाग्दा अभिनेत्री एवम् नेकपा एमालेकी नेतृ मानन्त्र फस्ने भएकी हुन् । केही दिनअघि करिश्माले निहारिका राजपुतका केही व्यक्तिगत तस्बिरहरु सार्वजनिक गर्दै आफ्नो सहयोग स्थगित भएको घोषणा गरेकी थिइन् ।

राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाह प्रयास गरेकी निहारिकालाई त्यहि दिन अप्ठ्यारो हुनेगरी करिश्माले तस्बिर सार्वजनिक गरेकी थिइन् ।

एक युवकसित निहारिकाको अन्तरंग सम्बन्ध झल्किने तस्बिरहरू आफ्नो फेसबुकमा सार्वजनिक भएसँगै करिश्माको अहिले चौतर्फी आलोचना भइरहेको छ । करिश्माले अहिलेसम्म पनि पोष्ट डिलिट गरेकी छैनन् ।

कसैको अनुमतिबिना यसरी निजी जीवनसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै उनले नीजि तस्बिरहरु सार्वजनिक गरेकी थिइन् ।

आरोपी शिवराज श्रेष्ठसँग नै निहारिका प्रेम सम्वन्धमा भएकाले यो बलात्कार हुन नसक्ने करिश्माको तर्क रहेको छ ।

करिश्माले फेसबुकमा आफ्ना तस्बिरहरू सार्वजनिक गर्दा निहारिका स्तब्ध बनेकी छन् । करिश्माको पोष्ट आउँदा उनी टिचिङ अस्पतालको मानसिक वार्डमा भर्ती भएकी थिइन् ।

मोबाइलमा आफ्ना तस्बिरहरू देखेपछि उनलाई सम्हालिन गाह्रो परेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनी धेरै बेरसम्म रोएकी थिइन् ।अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गरेर करिश्माले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको उनको आरोप छ ।

गत जेठमा निहारिका पहिलोपटक अनशन बस्दाखेरि पनि सावित्रीको साथ थियो । उनी दिनभर अनशलस्थलमा बसेर फोटोसेसन गर्ने तथा मिडियाहरूलाई अन्तर्वार्ता दिन व्यस्त हुन्थिन् । तर, त्यस क्रममा आफूलाई ‘माग्ने भाँडो’ बनाएर मानिसहरूसँग चन्दा उठाउन थालेपछि निहारिका उनीसँग असन्तुष्ट बनिन् ।

यस विषयमा असन्तुष्टि राखेपछि निहारिकासँग सावित्री चिढिएको स्रोतको दाबी छ । निहारिकाको पछिल्लो अनशनमा सावित्रीको नाकमुख देखिएको छैन । अहिले उनी आरोपितको परिवारसँग मिलेको निहारिकाको आशंका छ ।

उनी भन्छिन्, ‘उहाँ आरोपितको घरमै पुगेर परिवारलाई भेट्नुभएको सूचना पाएको छु । अहिले मविरुद्ध लागिरहनु भएको छ ।’ आफूले आत्मदाह प्रयास गरेपछि सावित्रीले फोन गरेरै तस्बिरहरू सार्वजनिक गरिदिने धम्की दिएको निहारिका बताउँछिन् ।

सावित्रीले आरोपितका परिवारबाट पाएका तस्वीरहरू करिश्मालाई उपलब्ध गराएको उनको दाबी छ । निहारिकाले आरोपीसँग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरिन् । उनले भनिन्, ‘हो, हामी प्रेममा थियौं । तर, प्रेम थियो भन्दैमा उसले मेरो बलात्कार गर्न पाउँछ ?’

प्रतिक्रिया दिनुहोस