Latest News

अभिनेत्री श्वेता खड्का आमा बन्दै, उनको गर्भ कति महिनाको भयो ?

Nepalese Times August 15, 2022 (1 Year ago)    572 Views

काठमाडौं ।

धनगढीका विजयन्द्रसिंह राउतसँग  विवाह गरेकी अभिनेत्री श्वेता खड्का चाँडै आमा बन्ने भएकी छन् ।

उनको गर्भ ४ महिनाको भएको पारिवारिक स्रोतले जनाएको छ । श्वेताले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरेकी थिइन् ।

यो उनको दोस्रो विवाह हो । श्वेताको पहलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको एक महिनापछि नै श्रीकृष्णको निधन भयो । श्वेताले आफू गर्भवती भएको अहिलेसम्म सार्वजनिक गरेकी छैनन् । उनी सार्वजनिक कार्यक्रममा कम देखिएकी छन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएपछि उनले दोस्रो विवाह गरेकी थिइन् ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

श्वेताका अहिलेका श्रीमान विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

प्रतिक्रिया दिनुहोस