काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखार जाने भएकी छन् । दुई दिनको समय लिएर उनी बुद्ध एयरको जहाजमार्फत पोखरा उड्ने भएकी हुन् ।
राष्ट्रपति भण्डारी सोमबार दिउँसो १२ बजे पोखरा पुग्ने तालिका रहेको कास्की प्रशासनले जनाएको छ । पोखरा रहँदा उनी पोखरा ग्राण्डमा बस्ने जनाइएको छ ।
उनले मंगलबार विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने र त्यसपछि विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
त्यस्तै मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँने कार्यक्रम छ ।
त्यसपछि उनी मंगलबार अपरान्ह काठमाडौं फर्किने छिन् । उनको पोखर भ्रमणलाई लिएर जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
नागरिकता विद्येयक संसदमा फिर्ता गर्ने निर्णय भएसँगै सत्तारुढ दलहरुबाट उनको कडा विरोध भईरहेको छ । जुनसुकै अवस्थामा जे पनि हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासनको भनाइ छ ।
उनले नागरिकता विद्येयक फिर्ता गरेकोमा नेपाक एमालेले स्वागत गरेको छ भने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, मधेश केन्द्रीय तललगायतले विरोध जनाएका छन् ।
यस्तै सरकारले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विद्येयक फेरि जस्ताको तस्तै पठाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्येयक फेरि जस्ताको तस्तै फिर्ता पठाउने तयारी गरेका हुन् ।