Latest News

काठमाडौंको विष्णुमती खोलामा यी पुरूषले हामफाले

Nepalese Times August 15, 2022 (2 Year ago)    428 Views

काठमाडौं ।

काठमाडौंको विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार गरेको छ। आइतबार राति साढे सात बजे एक पुरूषले काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चोक नजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए।

ती पुरूषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती पुरूषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

अन्दाजी ४०/४५ वर्षीय ती पुरूषको पहिचान पनि खुलेको छैन। उनले खोलामा किन हाम फालेका थिए भन्न पनि नखुलेको मैनालीले बताए।

ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको बाहिरी शरीमा केही चोट लागेको छैन तर बोल्न नसक्ने भएको प्रहरीको भनाइ छ । उनको अझै पहिचान हुन सकेको छैन । के कारणले खोलामा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलबाट एकजना महिला हामफालेकी थिइन्। उनलाई पनि तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको थियो।

काठमाडौंको सुन्दरीजल खोलामा बेपत्ता भएका पुरूषको उद्धार भएको छ। शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलाबाट एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो।

सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए। ‘जीवित फेला परेको खबर पाएपछि ती पुरूषलाई नआत्तिन भनेर प्रहरीले गएर उद्धार गरेको हो,’ प्रहरी उपरीक्षक मैनालीले भने।

उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको हो। घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो।

प्रतिक्रिया दिनुहोस