Latest News

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिविरुद्ध माओवादीले सडक आन्दोलन चर्काउने

Nepalese Times August 15, 2022 (2 Year ago)    530 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने खतरा बढेको बताएका छन् । जनतालाई नागरिकविहीन बनाउने निर्णयविरुद्ध आन्दोलन हुने उनले चेतावनी दिए ।

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि यादवले राष्ट्रपतिको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपालमा शासक वर्गले जहिले पनि एउटा समुदायलाई शंकाको दृष्टिले हेर्ने गरेको छ । त्यसबाट राष्ट्रपतिज्यू पनि अछुतो रहनु भएन । राष्ट्रपतिको निर्णयले लाखौं जनता नागरिकताविहीन हुनु पर्ने अवस्था आउनु दुखद् मात्र होइन दुर्भाग्यपूर्ण हो’ यादवले भने, ‘नागरिकविहीनहरूले अब सडक आन्दोलन गर्नुपर्छ र हामी जस्तो नेताहरू पनि सडक आन्दोलन गर्नु पर्छ ।’

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । मधेस केन्द्रित दलका नेताहरुले राष्ट्रपतिको कदमको विरोध जनाएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् । यस्तै लोसपा नेता राजेन्द्र महतोले पनि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी सबैको अभिभावक बन्न नसकेको बताएका छन्।संघीय संसदबाट पारित नागरकिता विधेयक पुनर्विचारको लागि फिर्ता पठाए लगत्तै पुनले राष्ट्रपति भण्डारीले लाखौं नागरिकता पीडितको अभिभावकीय भूमिका खेल्न नसकेको बताए।

‘संविधानले फिर्ता गर्न मिल्छ तर अभ्यास थिएन। राष्ट्रपतिले स्वतन्त्र अभिभावकीय भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘विगतमा आस्था राख्ने पार्टीसँग उहाँको धारणा मिल्यो। यो दुःखद कुरा हो।’

नेकपा एमालेले नागरिकता सम्बन्धी विधेयकको विरोध गरेको थियो। लाखौंले नागरिकता नपाएर सिमकार्ड समेत नपाएको भन्दै पुनले जनताको पीडालाई राष्ट्रपतिले नजरअन्दाज गरेको बताए।

‘बाबुआमाको नागरिकता छ, छोराछोरीले नागरिकता पाएका छैनन्। उनीहरूले सिमकार्ड समेत पाउँदैनन्,’ उनले भने, ‘बैंक खाता खोल्न, विदेश जान, पढ्न जान पाउँदैनन्। यहीँ पनि कुनै जागिर गर्न पाउँदैनन्। त्यस्तो बिजोग छ। अमानवीय अवस्था छ। राष्ट्रपति सबैको अभिभावक बन्न सक्नु भएन।’

नेकपा माओवादीका अर्का नेता शक्ति बस्नेतले संसदले गरेको निर्णय राष्ट्रपतिले लागू गर्नु नै सही हुने बताए। संवैधानिक रूपमा फिर्ता गर्ने व्यवस्था हुँदा हुँदै पनि राष्ट्रपतिबाट गल्ती हुँदैन भन्ने संविधानको परिकल्पना रहेको उनले बताए।

‘बावुआमाको नागरिकता छ, छोराछोरीले नागरिकता पाएका छैनन्। उनीहरूले सिमकार्ड पाउँदैनन् र बैंक खाता खोल्न पाउँदैनन्,’ उनले भने, ‘विदेश जान, पढ्न जान पाउँदैनन्। यहीँ कुनै जागिर गर्न पाउँदैनन् त्यस्तो बिजोग छ, अमानवीय अवस्था छ। उहाँ सबैको अभिभावक बन्न सक्नु भएन।’

नेकपा माओवादीका अर्का नेता शक्ति बस्नेतले संसदले गरेको निर्णय राष्ट्रपतिले लागु गर्नुनै सही हुने बताए। उनले संवैधानिक रूपमा फिर्ता गर्ने व्यवस्था हुँदा हुँदैपनि राष्ट्रपतिबाट गल्ती हुदैन भन्ने संविधानको परिकल्पना रहेको बताए।

प्रतिक्रिया दिनुहोस