Latest News

नागरिकता विधेयक फिर्ता भएपछि रिसायो माओवादी, दियो यस्तो प्रतिक्रिया

Nepalese Times August 14, 2022 (1 Year ago)    230 Views

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी सबैको अभिभावक बन्न नसकेको बताएका छन्।संघीय संसदबाट पारित नागरकिता विधेयक पुनर्विचारको लागि फिर्ता पठाए लगत्तै पुनले राष्ट्रपति भण्डारीले लाखौं नागरिकता पीडितको अभिभावकीय भूमिका खेल्न नसकेको बताए।

‘संविधानले फिर्ता गर्न मिल्छ तर अभ्यास थिएन। राष्ट्रपतिले स्वतन्त्र अभिभावकीय भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘विगतमा आस्था राख्ने पार्टीसँग उहाँको धारणा मिल्यो। यो दुःखद कुरा हो।’

नेकपा एमालेले नागरिकता सम्बन्धी विधेयकको विरोध गरेको थियो। लाखौंले नागरिकता नपाएर सिमकार्ड समेत नपाएको भन्दै पुनले जनताको पीडालाई राष्ट्रपतिले नजरअन्दाज गरेको बताए।

‘बाबुआमाको नागरिकता छ, छोराछोरीले नागरिकता पाएका छैनन्। उनीहरूले सिमकार्ड समेत पाउँदैनन्,’ उनले भने, ‘बैंक खाता खोल्न, विदेश जान, पढ्न जान पाउँदैनन्। यहीँ पनि कुनै जागिर गर्न पाउँदैनन्। त्यस्तो बिजोग छ। अमानवीय अवस्था छ। राष्ट्रपति सबैको अभिभावक बन्न सक्नु भएन।’

नेकपा माओवादीका अर्का नेता शक्ति बस्नेतले संसदले गरेको निर्णय राष्ट्रपतिले लागू गर्नु नै सही हुने बताए। संवैधानिक रूपमा फिर्ता गर्ने व्यवस्था हुँदा हुँदै पनि राष्ट्रपतिबाट गल्ती हुँदैन भन्ने संविधानको परिकल्पना रहेको उनले बताए।

‘बावुआमाको नागरिकता छ, छोराछोरीले नागरिकता पाएका छैनन्। उनीहरूले सिमकार्ड पाउँदैनन् र बैंक खाता खोल्न पाउँदैनन्,’ उनले भने, ‘विदेश जान, पढ्न जान पाउँदैनन्। यहीँ कुनै जागिर गर्न पाउँदैनन् त्यस्तो बिजोग छ, अमानवीय अवस्था छ। उहाँ सबैको अभिभावक बन्न सक्नु भएन।’

नेकपा माओवादीका अर्का नेता शक्ति बस्नेतले संसदले गरेको निर्णय राष्ट्रपतिले लागु गर्नुनै सही हुने बताए। उनले संवैधानिक रूपमा फिर्ता गर्ने व्यवस्था हुँदा हुँदैपनि राष्ट्रपतिबाट गल्ती हुदैन भन्ने संविधानको परिकल्पना रहेको बताए।

प्रतिक्रिया दिनुहोस