Latest News

एकाबिहानै काठमाडौं उपत्यकामा डुबान, अबको तीन घण्टा उच्च सतर्कता अपनाउन आग्रह

Nepalese Times August 14, 2022 (2 Year ago)    428 Views

काठमाडौं ।

काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएकाले अझै तीन घण्टा यो क्षेत्रमा सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

पछिल्लो ३–६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम(भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छु, महाशखाले जारी गरेको सूचनामा भनिएको छ, मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ। अबको ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।

यस्तै अबको २४ घण्टामा देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस