Latest News

यी महिलाले थापाथलिस्थित वाग्मती पुलबाट किन हाम फालिन् ?

Nepalese Times August 13, 2022 (2 Year ago)    501 Views

काठमाडौँ ।

ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

शनिबार नै काठमाडौंको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि प्रहरीले उद्धार गरेको छ । २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतले बताएका छन् ।

अपराह्न ५ बजे खोला बगेका उनको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको डीएसपी बस्नेतले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् ।

दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

जनपद प्रहरीका डीएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाई अस्पता लैजाने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।

अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरातर्फ गएको थियो ।

गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस