काठमाडौं ।
सशस्त्र प्रहरीले लेक लागी बेहोस भएका तीन जनाको ससकुशल उद्धार गरेको छ ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ बर्षिय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० बर्षिय साधना प्याकुरेल रहेका छन् ।
यस्तै धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० बर्षिय निर्जिव दुवाडीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
त्यसबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएका थिए ।
त्यसक्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।