काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। हात्तीवननमा करिब एक घन्टासम्म छलफल चलेको थियो।
स्रोतअनुसार चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको छ। डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।
गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो।
आजै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दैछ। बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको छ।
यसअघि प्रधानमन्त्री शेर बहादुर देउवासँग डा. बाबुराम भट्टराईले भेट गरि चुनाव विषयमा छलफल भएको थियो।
देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।
भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ, हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’ महेन्द्र यादवले भने,‘
पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।