Latest News

रेखा थापालाई एमाले पार्टी प्रवेशको निम्तो, भाइरल भएको त्यो भिडि‌ओमा के थियो ?

Nepalese Times August 6, 2022 (1 Year ago)    459 Views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवम् नायिका रेखा थापालाई नेकपा एमालेबाट पार्टी प्रवेशको निम्तो आएको छ । एक टेलिभिजन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेसँगै उनलाई एमाले प्रवेशको निम्तो आएको हो ।

एमाले अध्यक्ष ओलीले रेखा थापालाई पार्टी प्रवेश गराउनका लागि नेताहरुलाई खटाइसकेका बताइएको छ । एमाले नेतृ करिश्मा मानन्धरसहितका नेताहरुलाई रेखा थापालाई पनि एमाले प्रवेश गराउन भनिएको छ ।

केही दिनअघि उनले एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उनले केपी शर्मा ओली राष्ट्रप्रेमी नेता भएको बताएकी हुन् । त्यो भिडिओ भाइरल बनेको थियो ।

उनले केपी ओली उमेरले भन्दा पनि सोचाईमा युवा नेता नै हुन् जस्तो लाग्ने भन्दै ८० वर्षको उमेर भएपनि राजनीति गर्ने मान्छेको दिमाग जहिले पनि जवान हुनुपर्ने बताएकी थिइन् ।

केपी शर्मा ओली मृत्युलाई जितेर आएको मान्छे भएको भन्दै उनले ओलीसँग अहिले पनि युवापन रहेको बताइन् । यस्तै उनले नेता बाबुराम भट्टराईबारे पनि टिप्पणी गरेकी छिन् ।

पडेर मात्रै राजनीति गर्न सकिँदैन र राजनीति गर्नका लागि उसले समाज बुझेको हुनुपर्ने भन्ने कुरा बाबुरामबाट सिक्नुपर्ने उनको तर्क छ ।भट्टराईले धेरै पढेर पनि भनेजस्तो काम गर्न नसकेको भन्दै उनले राजनीति गर्नका लागि समाज बुझेको हुनुपर्ने तर्क गरिन्।

यस्तै उनले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पनि टिप्पणी गरेकी छिन् । देउवा एक भलाद्मी व्यक्ति भएको भन्दै उनले देउवाले कहिले पनि आवश्यकभन्दा धेरै नबोल्ने व्यक्ति भएको बताइन् । देउवा विवादमा आउने वा गाली गर्ने खालका नेता नभएको उनले बताइन् ।

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फुर्के खालको नेताको रुपमा टिप्पणी गरेकी छिन् । कसैले केही कुरा भनेर फुरुक्क बनाउने वित्तिकै फुर्कन तयार हुने नेताको रुपमा प्रचण्ड रहेको उने बताइन् ।

तर, बाहिरबाट मानिसहरु प्रचण्ड नराम्रो मान्छे भनेर जति टिप्पणी गर्ने गरेको भएपनि यथार्थमा प्रचण्ड राम्रो मान्छे भएको बताइन् । यसअघि रेखा थापा प्रचण्डको हातबाट टिका लगाएर माओवादी प्रवेश गरेकी थिइन् । पछि माओवादीमा चित्त नबुझेपछि पार्टीबाट टाढा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस