Latest News

सिट बाँडफाँड गर्न गठबन्धनमा बन्यो कार्यदल, क-कसले पाए जिम्मेवारी ?

Nepalese Times August 5, 2022 (1 Year ago)    416 Views

काठमाडौं ।

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ।

समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ

कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सीट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्ने छ ।

‘अहिले ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले गृहकार्य गरेर सीट बाँडफाँडको प्रस्ताव तयार गर्नेछ’ भुसालले भने, ‘तर, कहिले कसरी गर्ने भन्ने विषयमा निर्क्योल भएको छैन । छिटोभन्दा छिटो सीट बाँडफाँडको प्रस्ताव तयार गर्ने भन्नेछ ।’

कार्यदलले कुन दलले कति सिट पाउने भन्ने विषयमा ‘मोडालिटी’ तयार गरेर गठबन्धनका शीर्ष नेताहरुलाई सिफारिस गर्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस