Latest News

अबको प्रधानमन्त्री आरजु राणा, कांग्रेसका यी प्रभावशाली नेताले नै गरे गम्भीर खुलासा !

Nepalese Times August 4, 2022 (1 Year ago)    294 Views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे मुख खोलेका छन् ।

काठमाण्डौको रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको बताए । उनले त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराए ।

नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबीसमेत गरे । उनले भने, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन ।’

‘कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ । नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो ।’ उनले थपे ।

उनले भने, ‘आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो । डा. आरजु उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र छैन ।’

कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिस्पर्धा हुने बताए । आउँदो चुनावसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उनले बताए ।

नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताए । उनले भने, ‘अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेदवार भनेर जाने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस