Latest News

तारकेश्वर घटनाः प्रहरीले भेट्टायो ४ पेजको यस्तो नोट, त्यसमा के छ ?

Nepalese Times August 1, 2022 (2 Year ago)    393 Views

काठमाडौं ।

तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना ज्यान गएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका ज्यान गएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको प्रहरीले जनाएको छ । तर त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

एकै परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेको तारकेश्वरीको काभ्रेस्थली घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले उनीहरुको ज्यान लिएको हुन सक्ने आशंका गरेका छन् । दिनेशले परिवारका सदस्यहरुको ज्यान लिएर आफूले पनि ज्यान फालेको हुन सक्ने प्रहरीले आशंका गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेको हो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका एउटा कोठामा ज्यान गएको अवस्थामा भेटिएको छ । दिनेशको भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।

पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस