Latest News

काभ्रेस्थली घटना हेरेपछि मेयर महर्जनको आँखाबाट झर्यो आँसु, दिए यस्तो प्रतिक्रिया

Nepalese Times August 1, 2022 (2 Year ago)    434 Views

काठमाडौं ।

काठमाडौं । तारकेश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना ज्यान गुमाएको अवस्थामा फेला परेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका ज्यान गएको अवस्थामा फेला परेका हुन् । घटनास्थल बीभत्स रहेको र आफ्नो आँखाबाट आँशु नै झरेको उनले बताए ।

‘सुनिता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको ज्यान लिएर आफूले पनि ज्यान फालेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटनास्थलमा चक्कु पनि फेला परेको छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार बाह्य मान्छे पुगेर ह-त्या गरेको जस्तो भने देखिएको छैन।उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो।

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए।

दिनेश भने झुण्डिएको अवस्थामा फेला परेका छन्। उनको पनि शरीरमा चोट पटक देखिएको छ। घटनास्थलमा भेटिएको चक्कु पनि सोही घरको किचनको भएको खुलेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।

नेपालमा वर्षेनी आ-त्मह-त्या बढ्दो छ । सन् १९९० को दशकको तुलनामा अहिले आ-त्मह-त्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस