Latest News

यिनै हुन् जाँडले मातिएर विद्यालय जाने प्रधानाध्यापक, परे प्रहरीको फन्दामा

Nepalese Times August 1, 2022 (2 Year ago)    355 Views

सुर्खेत ।

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ल पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको छ। उनले भने, ‘मदिरा सेवन गरी विद्यालय आएको आरोप लगाइएको छ, त्यसको चेकजाँचका लागि अस्पताल पठाइएको छ।’

अस्पतालको रिपोर्टको आधारमा पक्रिया अघि बढाइने पन्तले बताए। सोमबार बिहान प्रअले विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो।

प्रतिक्रिया दिनुहोस