Latest News

खाेटाङ भूकम्पमा परेर कति घर भत्किए ? यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 31, 2022 (2 Year ago)    442 Views

खोटाङ –

खोटाङ भूकम्पका कारण दुई वटा घर भत्किएको छ भने ७ घर चर्किएको छ ।

साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गङ्गा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । अहिलेसम्म मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रशासनले जनाएको छ । भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँच वटै वडामा क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टिग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्ट’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह–मन्त्रालयलाई पत्राचार गरेको हो ।

भूकम्पबाट क्षतिकाे तत्काल मूल्याङ्कन गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरपालिकाकी मेयर विमला राईले बताए ।

प्रतिक्रिया दिनुहोस