Latest News

रवि लामिछानेको चुनाव लड्ने निर्वाचन क्षेत्र तोकियो, यी चर्चित व्यक्तिसँग हुने भयो कडा टक्कर !

Nepalese Times July 31, 2022 (2 Year ago)    368 Views

काठमाडौं ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चुनाव लड्ने निर्वाचन क्षेत्र तोकेका छन् । उनले रवि लामिछानेलाई कञ्चनपुर ३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन् । निर्मला बलात्कार र हत्या प्रकरण पछि लामिछानेले भूमिका गलत रहेको ठहर गर्दै उनले आत्मरक्षा गर्नु पर्ने बताएका थिए ।

केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए । कञ्चनपुर ३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो । लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर उनी विरुद्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ ।

तर, लामिछानेले अहिले सम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन् । हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन कञ्चनपुर जान लागेका हुन्।

भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्न पनि आग्रह गरेका छन् । यस्तो छ उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस

रवि लामिछानेजी निर्मलाको निर्मम बलात्कार–हत्या भएको भूमिमा हार्दिक स्वागत छ । आज तपाइँ निर्मला जन्मेको यो पवित्र भूमि महेन्द्रनगरमा आउन लागेको थाह पाउँदा खुसी लागेको छ ।

निर्मलाको न्याय–हरणको राज्य षडयन्त्रमा तपाइँको भूमिकाबारे छातिमा हात राखेर आत्मसमिक्षा गर्नु होला । अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नुभयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ ।

त्यस्तो अनुभूति भयो भने तत्कालिन उखुबारीमा गएर क्षमा याचना गर्नुहोला । आफूअझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला ।

तपार्इमाथि निर्मलाको न्याय–हरणको सर्वदलीय–सर्वपक्षीय षडयन्त्रमा ‘दलालको आरोप लागेको छ । यो आरोप गलत हो भन्ने प्रमाणित नगरेसम्म तपाइँको राजनीतिक यात्रा ठगीको अर्को संस्करण मात्रै ठहरिने छ ।

र, सबैभन्दा जरुरी कुरा तपाइँले अपराधी सावित गर्न खोजेको दिलिपसिङ बिस्टलाई भेटेर संसारलाई फेरि एक पटक भन्नू होला, निर्मलाको बलात्कारी हत्यारा दिलिप नै हो ।

प्रतिक्रिया दिनुहोस