Latest News

फेरिए स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, को कुन पालिका पुगे ? [सूचीसहित]

Nepalese Times July 29, 2022 (2 Year ago)    362 Views

काठमाडौँ —

सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ ।

केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् । उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

काठमाडौंको नागार्जुन नपामा कार्यरत सुरेन्द्र थापामगर काभ्रेपलाञ्चोकको धुलिखेल नपामा सरुवा भएका छन् । काठमाडौंकै तारकेश्वर नपामा कार्यरत शिवप्रसाद लम्सालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नपामा र शंखरापुर नपामा कार्यरत रमेश गौतमको कपिलवस्तुको शिवराज नपामा सरुवा भएको छ ।

यस्तै चितवनको राप्ती नपामा कार्यरत गंगाबहादुर भुजेलको बाग्लुङको गलकोट नपामा र चितवनकै भरतपुर महानगरबाट सुकदेव लम्सालको चितवनकै राप्ती नपामा सरुवा भएको छ । चितवनकै खैरहनी नपाबाट पुरुषोत्तम शर्मा स्याङजाको गल्याङ नपामा पुगेका छन् ।

कपिलवस्तुको बाणगंगा नपाबाट टेकराज पन्थी रुपन्देहीको बुटवल उपमहानगरमा सरुवा हुँदा कपिलवस्तुकै शिवराज नपाबाट गणेशप्रसाद अर्याललाई सुर्खेतको गुर्भाकोट नपामा पठाइएको छ । स्याङ्जाको गल्याङ नपाबाट लेखनाथ न्यौपानेको चितवनकै खैरहनी नपामा र स्याङ्जाकै चापाकोट नपाबाट दामोदर शर्माको बाग्लुङको जैमिनी नपामा सरुवा भएको छ ।

यस्तै नुवाकोटको बेलकोटगढी नपाबाट दीपकप्रसाद खतिवडा तनहुँको भानु नपा पुगेका छन् । मकवानपुरको थाहा नपाबाट हरिलाल पुरीको बाराको निजगढ नपामा गएका छन् । बाराको निजगढ नपाबाट सुमनकुमार कार्कीको बाराकै पचरौता नपामा, धुलिखेल नपाबाट तारानाथ लुइँटेलको ओखलढुंगाको सिद्धिचरण नपामा सरुवा भएको छ ।

यस्तो छ सूची

====

‍‍‍‍

—-

प्रतिक्रिया दिनुहोस