Latest News

श्रीमान श्रीमतीको नयाँ धन्दा, यसरी फसाउँछन् युवा

Nepalese Times July 29, 2022 (2 Year ago)    415 Views

काठमाडौं ।

हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ बतासेका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिन राउत हुन्।

उनीहरु हाल भक्तपुरको बालकोट बस्दै आएका छन्। रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र साथी बनाइसकेपछि म्यासेन्जरमा अश्लील कुरा गर्ने गरेको पाइएको छ।

त्यसरी पुरुष व्यक्तिसँग अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए मुद्दा दायर गर्ने धम्की दिएर रकम असुल्ने गरेको खुलेको छ।

शेखर भने साइबर ब्युरोको प्रहरी निरीक्षक हुँ भन्दै रोजिनासँगको कारोबार मिलाउन नभए पक्राउ गरेर कारबाही अगाडी बढाउने डर देखाउने गरेको खुलेको छ।

उनीहरुले एक कर्मचारीलाई यसरी नै ठगेको खुलेको छ। सुरुमा ती कर्मचारीले एक लाख ६५ हजार रुपैयाँ समेत दिएका थिए। पछि थप ३ लाख रुपैयाँ मागे पछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थिए।

उजुरीपछि महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले माग गरेअनुसारको ३ लाख रुपैयाँ लिन जाँदा उनीहरु बानेश्वरबाट पक्राउ परेका महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।

प्रतिक्रिया दिनुहोस