Latest News

राष्ट्रिय स्वतन्त्र पार्टीमा धमाधम जागिर खुल्यो, प्रवक्ता ढकालले फेरि सार्वजनिक गरे अर्को विज्ञापन !

Nepalese Times July 27, 2022 (2 Year ago)    543 Views

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धमाधम कर्मचारी माग गर्न थालेको छ । विभिन्न पदमा स्वयमसेवक मागेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले फेरि नेताका लागि स्वकिय सचिवदेखि प्राविधिक कर्मचारीसम्मका लागि विज्ञापन खुलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति सार्वजनिक गर्दै एकजना स्वकीय सचिव र एकजना सामग्री लेखकमा विज्ञापन खुलाएका छन् ।

यस्तै उनले तथ्य खोजकर्ता एकजना र सूचना तथा प्रविधि (आईटी) प्राविधिक १ जनाका लागि दर्खास्त आह्वान गरेका छन् । उनले तलब सुविधा योग्यता र क्षमताको आधारमा निर्धारण गरिनेसमेत विज्ञप्तिमार्फत भनेका छन् ।

यस्तै रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग गरेको छ । पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मा भएको छ।

बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ। यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ। उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।

पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ। उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण पनि पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ।

स्वयंसेवक आवश्यकता

राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय कार्यालय, बसुन्धारा, काठमाण्डौमा रहेर स्वयंसेवकको रुपमा काम गर्न इच्छुक युवाहरु आवश्यक भएको ब्यहोरा सुचित गरिन्छ ।

१. जनसम्पर्क डेस्क स्वयंसेवक
आवश्यक संख्याः ८ जना
कार्य समयः १० देखि ६ बजे सम्म
समयावधिः २ महिना

२. कम्प्युटर अपरेटर
आवश्यक संख्याः १० जना
कार्य समयः १० देखि ५ बजे सम्म
समयावधिः २ महिना

३. सोसल मिडिया सहयोगी
आवश्यक संख्याः २० जना
कार्य समयः १० देखि ५ बजे सम्म
समयावधिः २ महिना

जागरुक, इच्छुक युवाहरुले स्वयंसेवा गर्न किन इच्छुक हुनुहुन्छ भन्ने ब्यहोराको साथमा CV पठाउनुहोला । आवेदन पठाउने इमेल: [email protected]

प्रतिक्रिया दिनुहोस