काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो ।
एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
यस्तै, मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा १५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ ।
गण्डकी प्रदेशबाट ४६ हजार १२९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशको उत्तीर्ण प्रतिशत ९.३०५ रहेको छ । लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । लुम्बिनी प्रदेशको उत्तीर्ण प्रतिशत १७।४५ रहेको छ ।
कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । कर्णालीको उत्तीर्ण प्रतिशत ७।५३६ र सुदूरपश्चिमको ११.५ रहेको छ ।
सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।