Latest News

एमालेले विनोद श्रेष्ठलाई दियो महत्वपूर्ण जिम्मेवारी, नयाँ महासचिव को बने ?

Nepalese Times July 26, 2022 (2 Year ago)    472 Views

काठमाडौं ।

नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।

आठौं राष्ट्रिय महाधिवेशनबाट पुनः विनोद श्रेष्ठ सर्वसम्मतरूपमा अध्यक्ष चुनिएका छन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।

त्यस्तै लक्ष्मण शर्मा महासचिव चयन भएका छन् । शनिबारदेखि सुरू महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रमजीवी वर्गको सम्मान र समृद्धिका लागि सुदृढ एवं परिपूर्ण लोकतन्त्र’ भन्ने मुल नाराका साथ ८ ओैं राष्ट्रिय महाधिवेशन गरेको हो ।

यसअघि असार २२ गते १ नं. प्रदेशको बिराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ८ ओैं राष्ट्रिय महाधिवेशनकोलागी तयार भएको प्रस्तावीत नीति तथा कार्यक्रम र राजनैतीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी असार २३ गते मदेश प्रदेशमा उपाध्यक्ष मन्जु थापा, बागमती प्रदेशमा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा उपाध्यक्ष मिना गुरूङ र कर्णाली प्रदेशमा उपाध्यक्ष बिदुर कार्किले मस्योदा नीति तथा कार्यक्रम र र राजनैतीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रस्तावीत राजनैतिक प्रतिवेदन, नीति तथा कार्यक्रम र ८ ओैं महधिवेशनले अवलम्बन् गर्ने नीति तथा कार्यक्रमको आधारमा जिफन्टको संरचना कस्तो बनाउनु पर्ला भन्ने बारेमा सहभागीहरूबाट आएको सुझाबको आधारमा प्रस्तावीत प्रतिवेदनहरूलाइ अन्तीम रूप दिन जिफन्टले ७ वटै प्रदेशमा उच्च स्तरीय अन्तरक्रिया कार्यक्रमको अयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा जिफन्ट प्रदेश कमिटी, पालिका कमिटी, जिफन्ट सम्वद्ध यूनियनका सम्बन्धीत प्रदेशमा केन्द्रीय नेताहरू सहभागी रहेको थियो ।

जिफन्ट केन्द्रीय कार्यालयको अनुसार असार २५ गते सुदरपस्चिम प्रदेशमा र केन्द्रकृत रूपमा काठमाण्डैमा उच्चस्तरीय अन्तरक्रियाको अयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस